अनुसूची १६
(नियम ३६ सँंग सम्बन्धित)

अनुसूची–१६
(नियम ३६ सँंग सम्बन्धित)

क. धितोपत्र कारोबार वा सेवा पु¥याए बापत धितोपत्र व्यवसायीले सम्बन्धित ग्राहकबाट लिन पाउने सेवा शुल्क (कमिशन)

१. धितोपत्र शेयर भएमा ः रु. २५ हजारसम्मको कारोबार मूल्यमा १.५ प्रतिशत

रु. २५ हजार भन्दा बढी रु. ५०,००० सम्मको कारोबार मूल्यमा १.४ प्रतिशत
रु. ५० हजार भन्दा बढी रु. १ लाख सम्मको कारोबार मूल्यमा १.३ प्रतिशत
रु. १ लाख भन्दा बढी रु. ५ लाख सम्मको कारोबार मूल्यमा १.२० प्रतिशत
रु. ५ लाख भन्दा बढी रु. १० लाख सम्मको कारोबार मूल्यमा १.१० प्रतिशत
रु. १० लाख भन्दा बढीको कारोबार मूल्यमा १.०० प्रतिशत

२. धितोपत्र नेपाल सरकार वा नेपाल सरकारको जमानतमा वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्थानले जारी गरेको ऋणपत्र भएमा ः रु. १ लाख सम्मको कारोबार मूल्यमा ०.५० प्रतिशत
रु. १ लाख भन्दा बढी रु. ५ लाख सम्मको कारोबार मूल्यमा ०.४० प्रतिशत

रु. ५ लाख भन्दा बढी रु. १० लाख सम्मको कारोबार मूल्यमा ०.३० प्रतिशत
रु. १० लाख भन्दा बढी रु. ५० लाख सम्मको कारोबार मूल्यमा ०.२० प्रतिशत
रु. ५० लाख भन्दा बढीको कारोबार मूल्यमा ०.१० प्रतिशत

३. माथि (१) र (२) मा उल्लेखित बाहेक अरु धितोपत्रका हकमा,

. १ लाखसम्मको कारोबार मूल्यमा ०.७५ प्रतिशत
रु. १ लाख भन्दा बढी रु. ५ लाख सम्मको कारोबार मूल्यमा ०.६० प्रतिशत
रु. ५ लाख भन्दा बढी रु. १० लाख सम्मको कारोबार मूल्यमा ०.४५ प्रतिशत
रु. १० लाख भन्दा बढी रु. ५० लाख सम्मको कारोबार मूल्यमा ०.३० प्रतिशत
रु. ५० लाख भन्दा बढीको कारोबार मूल्यमा ८६०.१५ प्रतिशत

४. माथि (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र व्यवसायीले ग्राहकहरूबाट पाउने कमिशन रु. १५।– भन्दा कम हुने छैन ।

५. धितोपत्र व्यवसायीले माथि उल्लेखित कमिशनको अतिरिक्त ग्राहकबाट प्रति कारोबार रु. १०।– सेवा शुल्क लिन सक्नेछ ।

ख. तर धितोपत्र व्यवसायीले खुल्ला रुपमा वा परिपत्र विधिद्वारा निष्काशन गरिने धितोपत्रको विक्रि वितरण गर्ने व्यवस्था मिलाउन निष्काशन प्रबन्धक भई सेवा प्रदान गरेमा बढीमा देहाय अनुसार कमिशन लिन सक्नेछ ।

८६ मिति २०५५।४।४ को नेपाल राजपत्रद्वारा हेरफेर ।

१. रु. २५ लाख सम्मको निष्काशनमा बिक्री भएको धितोपत्रको मूल्यको २.२५ प्रतिशत

रु. २५ लाख भन्दा बढी रु. ५० लाखसम्मको निष्काशनमा बिक्री भएको धितोपत्रको मूल्यको २.०० प्रतिशत

रु. ५० लाख भन्दा बढी रु. १ करोडसम्म निष्काशन बिक्री भएको धितोपत्रको मूल्यको १.७५ प्रतिशत
रु. १ करोड भन्दा बढी निष्काशनमा बिक्री भएको धितोपत्रको मूल्यको १.५० प्रतिशत

२. सार्वजनिक वा परिपत्रको विधिद्वारा निष्काशन गरिने धितोपत्रको अण्डरराइटिङ्ग गरी सेवा प्रदान गर्ने धितोपत्र व्यवसायीले आफूले अण्डरराइटिङ्ग गरेको धितोपत्रको मूल्यको बढीमा ३ प्रतिशतका दरले अण्डरराइटिङ्ग कमिशन लिन सक्नेछन् ।

३. सार्वजनिक वा परिपत्र विधिद्वारा निष्काशन गरिने धितोपत्रहरूको बिक्री वितरणमा संलग्न हुने धितोपत्र व्यवसायीले निष्काशन बिक्री गर्दा आफूले बिक्री गराएको धितोपत्रको रकमको बढीमा ०.५० (सुन्ना दशमलव पचास) प्रतिशतका दरले लिन सक्नेछन् ।